|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का कुलपति एवं प्रधानमन्त्री ओलीले रोकेको भनिएको त्रिवि नीति तथा कार्यक्रम पारित भएको छ।

हिजो (मंगलवार) प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको त्रिविका त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए।

प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेसँगै नीति तथा कार्यक्रम पारित भएको उनले बताए। उनले भने, ‘हिजो उहाँले नीति तथा कार्यक्रममा हस्ताक्षर गर्नु भएसँगै पारित भएको छ, उहाँले यो नीति तथा कार्यक्रम रोकेको होइन, मिडियातिर यस्तै हल्ला फैलाइयो, यसको पनि प्रकृया हुन्छ, केही थपघट पनि गरिएको छैन।’

साउन १५ गते बसेको त्रिवि सभा (सिनेट) को बैठकबाट चालू आवको बजेटसँगै नीति तथा कार्यक्रम पारित गर्नुपर्ने त्रिविको कार्ययोजना थियो तर प्रधानमन्त्री ओलीले रोकेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.