|

काठमाडौं : बंगलादेशमा आज औपचारिक रुपमा अन्तरिम सरकार गठन हुने भएको छ। नोबेल पुरस्कार विजेता मुहम्मद यूनुसको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद गठन हुने र राति साढे ८ बजे शपथ ग्रहण हुने बंगलादेशी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

युरोपमा बस्दै आएका यूनुस आज दिउँसो ३ बजे पेरिस हुँदै बंगलादेश पुग्नेछन्। ढाका ट्रिब्यूनका अनुसार शपथ समारोहमा झण्डै ४ सय जना सहभागी हुने अनुमान छ।

आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बंगलादेशको विद्रोहले सोमबार प्रधानमन्त्री शेख हसिनालाई पदच्यूत गराएको थियो। हसिनाले राजीनामा दिएर निर्वासनमा हिँडेपछि सेनाले नयाँ सरकार गठनको समन्वय गरिरहेको छ।

यसैबीच विद्यार्थी आन्दोलनका क्रममा फरार भएका कैदीहरु जेल फर्किन थालेका छन्। जेलबाट भागेका झण्डै ६ सय कैदीमध्ये ४ सयभन्दा बढी कैदी फिर्ता भइसकेको ढाका ट्रिब्यूनको समाचारमा उल्लेख छ। जन्म कैदको सजाय पाएका २७ कैदी भागेकामध्य २३ जना फर्किइसकेका छन्।

बंगलादेशमा यो आन्दोलनमा मृत्यु हुनेको संख्या ५ सय पुगेको पनि समाचारमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.