काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको छ।
विभिन्न प्रश्न उठाउँदै एफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तरराष्ट्रिय प्रतियोगिताताका लागि अयोग्य भनेपछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।
यसैबीच एएफसीका प्रतिनिधिले यही दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ।
अब साउन २९ गते एएफसी च्याजेञ्ज लिग छनोटको प्लेअपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाईज युनाईटेडबीच खेल हुने भएको छ।
अन्तरराष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिएपछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुनुपर्ने वल्र्डकप फुटबलअन्तर्गत दोस्रो चरणको नेपाल र बराईनबीचको क्वालिफाईङ खेल बराईनमा भएको थियो भने जेष्ठ २४ गते यूएईसँगको खेल साउदीमा भएको थियो।
मैदानले एसफसीबाट पुन मान्यता पाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरि रंगशालामा अन्तरराष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए।
उनले खेल मैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अब कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।