|

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपालमा खेती गर्न छोडेसँगै वन क्षेत्र बढिरहेकाले वन क्षेत्र बढाउने योजना बनाउन आवश्यक नरहेको बताए। उनले नेपाल उर्वर भूमि रहेकाले बोटबिरुवा आफैँ उम्रिने र हरियाली बढ्ने अवस्था रहेको बताए।

उनले मानिसहरूले खेती गर्न छोडेसँगै जनावरहरु सो क्षेत्रमा वनको रुपमा उपयोग गरी बस्न थालेको बताए। उनले वन क्षेत्र विस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनाइ रहन आवश्यक नरहेको बताए।

उनले भने, ‘हाम्रो प्रकृति यस्तो छ, जहाँ बोटबिरुवा उम्रिहाल्छ, हरियाली क्षेत्र बढिहाल्छ। अब एक प्रकारले भन्नुहुन्छ भने नेपालमा वन क्षेत्र बढाउने भन्नेखालको योजना जरुरी छैन। किनकी त्यो जनावरहरुले नै बढाइदिएको बढाइदिएकै छन्। मान्छेले खेती गर्न छोडेपछि त वन क्षेत्र त बढेको बढ्यै छ। किनकी जनावरले उत्पादन खाइदिएपछि किन खेती गरिरहने ? खेती गर्न छोडेपछि वन जंगल हुर्किहाल्छ। हाम्रो प्रकृति नै उर्वरा प्रकृति छ। त्यस अर्थमा वन क्षेत्र बिस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनिरहनु पर्छ भन्ने लाग्दैन। तर विगतमा हामीले संरक्षण नै मुख्यकुरा भन्ने अवस्थामा थियो भने अब कति आवश्यक हो भन्नेकुराको विश्लेषण आवश्यक छ।’

महासचिव पोखरेलले जनावर र मानवबीचको द्वन्द्वलाई सही रुपमा व्यवस्थापन गर्न नसके विष्फोटक रुप लिने जिकिर गरे। उनले प्रकृतिको लाभ कम देख्न थालेपछि प्रकृतिको संरक्षण हुन नसक्ने बताए। अरूका लागि प्रकृति संरक्षण गर्ने नभइ आफ्ना लागि गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.