|
तस्वीर : नवीन लुइँटेल

ललितपुर : ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलस्थित नागदहमा शुक्रबार नागपञ्चमीको मेला लागेको छ। 

हरेक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन लाग्ने नागपञ्चमी मेलामा यसपालि भक्तजनको घुइँचो लागेको आयोजक नागदह संरक्षण तथा क्षेत्र सुधार समितिले जनाएको छ। 

मेलाका दिन शुक्रबार बिहान ३ बजेदेखि नै भक्तजनहरू दर्शनका लागि नागदहमा आएको समितिका सचिव महेशकुमार गिरीले जानकारी दिए। 

वासुकी नाग रहेको उक्त नागदहमा विगतका वर्षमा भन्दा यसपालि धेरै भक्तजन आएको उनले बताए। 

नागलाई खुसी भए राम्रो हुने जनविश्वास अनुसार त्यहाँ वासुकी नागको पूजाआजा गरिन्छ। मेला भर्न उपत्यका र त्यस आसपासका जिल्लाबाट भक्तजन आई दहमा स्नान गर्नुका साथै विभिन्न भाकल राखी नाग मन्दिरमा पूजा गर्ने तथा दर्शन गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.