काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा रहेको एक धागो उद्योगमा आज आगलागी भएको छ।
ओखलढुङ्गा लिखु गाउपालिका ४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलस्थित भूमिस्थलीका बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उक्त जानकारी पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी अहिले घटनास्थल पुगेर आगो निभाउने कार्य जारी रहेको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। घटना अपराह्न ४ : ३० बजेको समयमा भएको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।