|

ढाका : बंगलादेशमा शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि हिन्दूमाथि अत्याचार शुरु भएको छ।

बंगलादेशका सञ्चारमाध्यममा देशभरबाट हिन्दू समुदायका घर र मन्दिरमा आक्रमणका खबर आइरहेका छन्। यी घटनापछि विश्वभरका धेरै कट्टरपन्थी मुस्लिमले खुसी व्यक्त गरेका छन्। कतिपयले बंगलादेशमा हिन्दूहरूको नरसंहार हुनुपर्ने भन्दै  बताउन थालेका छन्।

आफूलाई इस्लामिक विद्वान् बताउने अबु नजम फर्नान्डो बिन अल-इस्कन्दरले बंगलादेशबाट हिन्दूहरूलाई सिध्याउन आग्रह गरेका छन्। इस्लामिक न्यायशास्त्रलाई उद्धृत गर्दै उनले ट्वीटमा भनेका छन्- हिन्दूहरूसँग दुईवटा मात्र विकल्प छन्, जसमध्ये पहिलो मृत्युलाई अँगाल्ने हो।

पीएचडी विद्यार्थी बताउने अल-इस्कन्दरले ट्वीटमा भनेका छन्, ‘अहल-ए-सुन्ना इस्लामिक न्यायशास्त्रका चारमध्ये तीन स्कुलले हिन्दूसँग दुईवटा मात्र विकल्प छन्‚ पहिलो तरवार रोज्ने वा दोस्रो इस्लाम स्वीकार गर्ने।’

कट्टरपन्थी मौलानाले लेखेका छन्, 'हिन्दूहरूले अहिले त हनफीको सामना गरिरहेका छन्। मलिकी, शफी वा हनबलीसँग त भएकै छैन।' यी सबै सुन्नी मुस्लिमहरूबीच मुस्लिम कानूनका चार प्रमुख विचारधारा हुन्।

उनले साउदी अरब र कतारको प्रमुख सुन्नी विचारधारा हनबलीको इस्लामिक कानूनलाई उद्धृत गरे। उनले हिन्दूहरूले मुस्लिमहरूबाट आफूलाई छुट्याउन टाउकोको अगाडिको कपाल खौरनुपर्ने आदेश दिएका छन्। उनले गैरमुस्लिमहरू मुस्लिमहरू भन्दा तुच्छ हुने भएकाले उनीहरूलाई अनादर गर्नुपर्छ भनेर देखाउने प्रयास गरेका छन्।

आफूलाई उदारवादीको रूपमा चित्रण गर्ने प्रयास गर्दै उनले मुस्लिम देशमा बसेर मुस्लिमभन्दा तल्लो तहमा बस्न स्वीकार गर्ने हिन्दूहरूसँग आफूलाई कुनै समस्या नभएको बताए। आफ्नो धर्मको शिर्क (मूर्तिपूजा‚ बहुईश्वरवाद) त्याग र इस्लामिक नियमअनुसार जीवन बिताउनुपर्ने उनले आदेश जारी गरेका छन्।

उनले बंगलादेशमा अल्पसंख्यकमाथि भएका आक्रमणलाई हिन्दूहरूको प्रपगण्डा भएको बताउँदै बंगलादेश हिन्दू प्रभाव र हस्तक्षेपबाट मुक्त हुने आशा व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.