|

काठमाडौँ : काठमाडौँ महानगरपालिका कार्यालयनजिकै भासिएको सडकमा कल्भर्ट पुल  बनाइने भएको छ। सडक भ्वाङ परेको ठाउँमा टुकुचा खोला रहेको फेला परेपछि त्यहाँ पुल बनाउन लागिएको हो।

सडक डिभिजन काठमाडौँका सूचना अधिकारी महानन्द जोशीले कल्भर्ट पुल बनाउने योजना बनिसकेको जानकारी दिए। उनले भने, ‘त्यहाँ पुल नै बनाउनुपर्ने देखिएपछि त्यहीअनुसार हामी अघि बढेका छौँ, भोलिसम्ममा हामी पुल निर्माणका लागि टेन्डर आह्वान गर्छौं।’

उनका अनुसार त्यहाँ पुल बनाउन करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ। ‘हामी यो बजेटको लागि संघीय सरकारसँग माग गरेका छौँ,’ उनले भने।

गत बिहीवार राति दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौँ प्लाजा जोड्ने सडक भासिएको थियो। टुकुचा खोलामाथि सडक बनाइएकोले काठमाडौं महानगरपालिकाले पनि पुल बनाउन आवश्यक रहेको भन्दै पुल बनाउन माग गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.