|

खोटाङ : खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ भने र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देवीप्रसाद ढकालको माछापोखरीमा डुबेर मृत्यु भएको हो।

मनकुमारीको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर गतराति तथा देवीप्रसादको करेसाबारी डुल्ने क्रममा माछापोखरीमा डुबेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। मनकुमारी सुङ्देलस्थित बारीमा शनिबार कोदो रोप्न गएको बेलुका घर नफर्किएसँगै स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ।

रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले आज बिहान भीरमुनि मृत फेला पारेका हुन्। देवीप्रसाद भने बिहान करेसाबारी डुल्ने क्रममा घरभन्दा करिब १५० मिटर टाढा रहेको माछापोखरीमा मृत फेला परेको जनाइएको छ। मृतकमध्ये मनकुमारीको घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ।

घटना शङ्कास्पद देखिएपछि कोदो रोपेर मृतक मनकुमारीसँगै घर फर्किएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिए।

‘घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ। दुवैले मादकपदार्थ सेवन गरेको भन्ने खुलेको छ’‚ उनले भने‚ ‘आपसमा झगडा गरेको नभई दुवैजना मातेर एकापसमा पक्रापक्री गर्दा लडेको जस्तो देखिन्छ। घटनास्थलमा दुवैको चप्पल, गम्बुट र लुगाफाटा छरपस्ट छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.