|

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले भेट गरेका छन्। प्रचण्डको निजी निवास खुमलटार पुगेर आइतवार साँझ विदेश सचिव मिस्रीले भेटवार्ता गरेका हुन्। 

भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डलका सदस्य सहभागी रहेको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ। 

भेटवार्तामा दुई देशबीचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.