|

काठमाडौं : ३३औँ ग्रीस्मकालीन ओलम्पिक अर्थात् पेरिस ओलम्पिक २०२४ को भव्य समापन गरिएको छ। 

८० हजार दर्शकबीच स्टेड डे फ्रान्समा यसको समापन समारोह गरिएको हो। समापन समारोह भव्य कन्सर्ट जस्तो बनेको थियो।  समापन समारोहमा खेलाडीको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई ‘सेलिब्रेट’ गरिएको थियो। 

समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाएर लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरियो। सो अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले ओलम्पिक खेलको प्रशंसा गर्दै भने ‘ युद्ध र द्वन्द्वले विश्व विभाजित भए पनि खेलले विश्वलाई एक ठाउँमा राखेको छ।’

बाखले ओलम्पिक खेलको क्षमतामा जोड दिँदै विश्वव्यापी शान्तिको संस्कृतिलाई प्रेरित गरेको बताए। 

समापन समारोह  निकै मनमोहक र आकर्षक थियो। जहाँ  विभिन्न हलिउड कलाकारले प्रस्तुति दिएका थिए। सात ओलम्पिकामा नेपालका सात खेलाडीले सहभागिता जनाए पनि कसैले पदक जित्न सकेनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.