४ हजार ३२२ परिवार विस्थापित
४ हजार ३२२ परिवार विस्थापित
काठमाडौँ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुवानलगायतका विपद्मा परी सोमवार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ।
आज मनसुन सुरु भएको ठिक २ महिनामा बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७३ जनाको मृत्यु भएको हो।
ती विपदका घटनामा परेर २२३ जना घाइते भएका छन् भने १ सय १३ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आजसम्म विभिन्न जिल्लामा गरेर ४८ जना बेपत्ता रहेका पनि प्रहरीले जानकारी दिएको छ।
यो अवधिमा बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ७५ वटा घर, १ सय ४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८ सय १२ वटा पशुचौपाय मरेको जनाइएको छ।
उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।