|
सांकेतिक तस्वीर

काठमाडौं : बारामा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ।

फुड पोइजनका कारण सिम्रौनगढ नगरपालिका झवानी गाउँका तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति माछाभात खाएर सुतेका झवानी गाउँका नरेश रामचमारको तीन नाबालक छोराछोरीको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

मृत्यु हुनेमा ९ वर्षीया लालीमा राम, ७ वर्षीया पुष्पा राम तथा ५ वर्षीय कृष्णनन्दन रहेका छन् । उनीहरुले गाउँकै पोखरीबाट माछा ल्याएर खाएका थिए।

मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको डीएसपी सापकोटाले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.