|

काठमाडौं : सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’मा अभिनेता आसिफ शाह अनुबन्धित भएका छन्। यसअघि नै सिनेमाको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भइसकेका छन्। सिनेमामा आसिफको पनि मुख्य भुमिका नै रहने छ।

निर्देशक सिमोस सुनुवार हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै सिनेमाको छायांकन तिहारपश्चात गर्ने तयारी निर्माण कम्पनीको छ। सिनेमाको मुख्य अभिनेत्री लगायतका केही कलाकारका लागि अडिसन आव्हान गरिएको छ। जसको छनोट काम केही दिनमा सुरु हुने निर्देशक सिमोसले बताए। सिनेमाको अडिसनमा सहभागी हुन देशभरबाट करिब ४ सय बढीले आवेदन दिएका छन्।

सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ। बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ। सिनेमाको छायांकन हरि हुमागाईँले गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.