|

कालिकोट : कर्णाली राजमार्ग २ दिनपछि पुनः सञ्चालनमा आएको छ। कर्णाली राजमार्गको कालिकोट खण्डका विभिन्न ठाउँ पहिरोले अवरुद्ध भएको थियो। 

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १० चौखोलामा आएको पहिरो पन्छाइएपछि रोकिएका यातायातका तथा मालवाहक गाडी गन्तव्यतर्फ लागेका छन्। 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव निरीक्षक अर्जुन केसीले दुईवटा ब्रेकरको प्रयोग भए पनि सडकमा थुप्रिएका ढुंगा पन्छाउन नसकेपछि सडकको भित्ताबाट नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याएको बताए। 

तत्काल अलपत्र परेका यात्रुलाई सहज बनाउनका लागि वैकल्पिक व्यवस्था गरिए पनि अझै सडकमा थुप्रिएको पहिरो हटाउन समय लाग्ने प्रहरी प्रमुख केसीले बताए।

सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले राजमार्ग चौडाका लागि हिउँदको समयमा ठेक्काको काम भएको र सडक चौडा गर्न एक्स्काभेटर प्रयोग हुँदा जमिन थर्किएकाले सामान्य पानी पर्दा पनि पहिरो झर्ने गरेको बताए। 

जमिन कमजोर र लामो समय पानी नपरेकाले पनि सुक्खा जमिनमा सानो पानी पर्दा पहिरो झर्ने क्रम बढेको मण्डलले बताए। पहिरो पन्छाउन कार्यालयले विभिन्न ठाउँमा एक्स्काभेटर सोलरहरू प्रयोग गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.