|
फाइल फोटो

काठमाडौं : पहिरोले चितवनको नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।

दुई ठाउँमा पहिरो गएपछि बिहानदेखि नै मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। 

ढुंगासहितको पहिरोले चुम्लिङटारमा दुईतर्फी नै सडक अवरुद्ध भएको छ भने मौवाखोलामा एकतर्फी अवरुद्ध भएको उनले जानकारी दिए। 

अहिले दुवै ठाउँमा गएको पहिरो खुलाउने प्रयास भइरहेको डीएसपी रिजालले बताए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.