|

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा-१२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडेडमा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क हुने बताएकी छन्। आज (बुधबार) सामाजिक सञ्जालबाट उनले यस्तो जानकारी दिएकी हुन्।

उनले भनेकी छन्,‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा-१२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेड (एनजी) मा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउॅंछु।’ विद्यार्थीहरूले उक्त शुल्क फिर्ता हुनुपर्ने माग गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.