काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्बाट पारित हुन लागेका टिआरसी विधेयकलाई पीडितसहित अन्य सबै सरोकारवालाले पनि स्वागत गर्ने विश्वास व्यक्त गरेका छन्। संसद्मा धारणा राख्दै उनले यस्तो बताएका हुन्।
‘नेपालको शान्ति प्रक्रियाको कामलाई अन्ताराष्ट्रिय समुदायले पनि नजिकबाट नियालिरहेका छन्। सबैलाई ध्यानमा राख्दै यसलाई अन्तिम निष्कर्षमा पुर्याउँदै छौं’, उनले भने‚ ‘यसलाई पीडित र अन्य सरोकारवाला पक्षले स्वागत गर्छन् भन्ने विश्वास छ।’
एउटा महत्त्वपूर्ण कामका लागि फेरि सबै दलहरू एक ठाउँ आएको सभापति देउवाले बताए। अब उनले सक्षम आयोगहरू गठन आवश्यक भएको उनले बताए। ‘बाँकी काम पूरा गर्न सक्षम आयोगहरू गठन गर्न आवश्यक छ’, उनले भने, ‘मुलुकलाई अप्ठ्यारो पर्दा दलहरू एक ठाउँमा आउने गरेका छौं। आज शान्ति प्रक्रियालाई पूरा गर्न पनि सबै एक ठाउँमा छौं।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।