काठमाडौं : सेयर बजार परिसूचक नेप्से बुधबार ३४.२९ अंकले बढेको छ। नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २९५७.७५ बिन्दुमा पुगेको छ।
५ करोडभन्दा धेरै कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ।
कारोबार भएकामध्ये १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ वटाको मूल्य घटेको छ। ८ वटाको सेयर मूल्य यथावत रहेको छ।
एक दर्जनभन्दा बढी कम्पनीका सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। जीवन विमा, लघुवित्त र म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेका छन्।
नेप्से मंगलबार ८ अंकले करेक्सन हुँदा साढे २१ अर्बको कारोबार भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।