काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतमा राजनीतिक दाउपेचकै कारण संक्रमणलीन न्यायको विषय लामो समय अल्झिएको बताएका छन्। यद्यपि अहिले सबै दल राजनीतिक अकर्मन्यताभन्दा अलिकति भए पनि माथि उठेर टिआरसी विधेयक पारित गर्न तयार भएको बताए।
‘विगतमा फर्कन नचाहे पनि राजनीतिक दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्वपूर्ण काम वर्षौंसम्म अल्झ्याइयो। कसले त्यता जान चाहन्न’, विधेयकमाथि छलफलमा सहभागी हुँदै उनले भने, ‘ढिला भए पनि राजनीतिक अकर्मन्यताभन्दा अलि माथि उठेर यो छलफलमा सहभागी भएका छौँ। दलहरूबीच भएका सहमतिअनुसार यो विधेयक पारित गर्ने क्रममा छौँ।’
सभापति लामिछानेले कानुन बन्दैमा न्याय निरूपण नहुने भन्दै आयोगमा पनि नियत राम्रो भएको व्यक्ति नियुक्त हुनुपर्नेमा जोड दिए।
‘संक्रमणकालीन न्याय निरुपणको गाँठो फुकाउने गरी अब कानुन त बन्ने भो। तर कानून आफैँले न्याय दिने होइन’, उनले भने, ‘संरचाना चाहिन्छ। त्यहाँ रहने मान्छेको नियत सफा चाहिन्छ। फेरि पनि राजनीतिक भागबन्डाका आधारमा दलीय भागबण्डासहित आयोग बनाइयो भने आयोगले सोचेजस्तो काम गर्न सक्दैन। पीडितलाई न्याय सुनश्चित गर्न सकिँदैन। त्यसैले स्वतन्त्र र निष्पक्ष बनाऊँ भन्ने अपिल राख्न चाहन्छु। आयोगमा पीडित पक्षको पनि प्रतिनिधत्व हुनुपर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।