काठमाडौँ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विगतको ‘जनयुद्ध’ जस्तो अर्को घटना नदोहोरिने सुनिश्चितता गर्नुपर्ने बताएका छन्।
अध्यक्ष लिङ्देन शान्ति प्रक्रियामा सघाएवापत तत्कालीन राजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारका लागि दलहरूले सिफारिश गर्नुपर्थ्यो भने।
‘राजगद्दी छाडेर शान्ति प्रक्रियालाई साथ दिएकोमा दलहरूले राजालाई सम्झनुपर्थ्यो। दलहरूले राजालाई शान्ति प्रक्रियामा योगदान पुर्याएवापत नोबेल पुरस्कारको लागि सिफारिस गर्नुपर्थ्यो।’
टिआरसी विधेयकमाथिको छलफलमा सहभागी हुँदैन उनले राज्यप्रति कसैले चित्त नबुझाए उसले बन्दुक उठाउँछु भन्ने अवस्था नबन्ने सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिएका हुन्।
‘अब विगतको जस्तो घटना देशमा कहिल्यै नदोहोरिने सुनिश्चितता गर्नुपर्छ। भविष्यमा राज्य व्यवस्थासँग चित्त नबुझ्दा फेरि कसैले अब म बन्दुक उठाउँछु, मान्छे मार्छु भन्ने अवस्था नआवस्। यही प्रणालीभित्र उसले विकल्प खोज्ने सुनिश्चितता गर्नुपर्छ’, उनले भने, ‘र हिंसा जहिल्यै पनि दण्डनीय हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।