|
फाइल तस्वीर

काठमाडौँ : गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले आज गरेको शिष्टाचार भेटमा गृहमन्त्रीले विपिनको रिहाइमा सघाउन आग्रह गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखक र राजदूत अन्सारीबीच द्विपक्षीय हित र चासोबारे छलफल भएको थियो। 

भेटमा गृहमन्त्री लेखकले हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन राजदूत अल अन्सारीलाई विशेष आग्रह गरे। 

त्यसका साथै कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीको राहत र उद्धारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे। 

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा मन्त्री लेखकले जोड दिए।

कतारी राजदूत अन्सारीले विपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए। उनले कतारको विकासमा नेपालीले गरेको सहयोगको प्रशंसा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.