|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक २ दशमलव ११ अंकले बढेर २ हजार ९६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो।

आज ३३७ कम्पनीको ४ करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३१९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ५९, विकास बैंक शून्य दशमलव ७२, वित्त ४ दशमलव ९९, लगानी शून्य दशमलव १२ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

होटल तथा पर्यटन १ दशमलव ०३, जलविद्युत् शून्य दशमलव ७५, जीवन बीमा शून्य दशमलव १९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१ र लघुवित्त शून्य दशमलव ५४ प्रतिशतले घटेको छ। 

त्यसैगरी, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६८ र व्यापार समूह २ दशमलव ०९ प्रतिशतले घटेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। 

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६६ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार १३० कित्ता शेयर किनबेच भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.