|

सर्लाही : सर्लाहीको ब्रह्मपुरीमा आज बिहान करिब ९ बजेतिर पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ।

ब्रह्मपुरी गाउँपालिका–२, निवासी सन्जय साहका छोरा ६ वर्षीय अंकित साहको पोखरीमा डुबेर मृत्यु भएको हो। नुहाउन भनी घरबाट निस्किएका बालकको बिहान ९ बजेतिर घरनजिकै रहेको रामजानकी मन्दिरको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीमा डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलको प्रकृति मुचुल्का गरी बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.