|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अंकले घटेको छ। नेप्से आज ७९ दशमलव ८८ अंकले घटेर २ हजार ८९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो।

आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक खरिदबिक्री हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ।

लघुवित्त समूह १ दशमलव ०८ प्रतिशत बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। 

सबैभन्दा धेरै लगानी समूह ३ दशमलव ८३, बैंकिङ ३ दशमलव ३१, वित्त ३ दशमलव ५० र अन्य समूह ३ दशमलव ५५ प्रतिशतले बढेको छ। 

विकास बैंक २ दशमलव ४४, होटल तथा पर्यटन २ दशमलव ३८, जलविद्युत् ३ दशमलव ०४, जीवन बीमा २ दशमलव ५०, उत्पादन तथा प्रशोधन १ दशमलव ९८, म्युचुअल फन्ड १ दशमलव ५९, निर्जीवन बीमा २ दशमलव ३२ र व्यापार समूह १ दशमलव ७६ प्रतिशतले घटेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै घट्नेमा भने मन्दाकिनी हाइड्रोपावर लिमिटेड र १० दशमलव २५ प्रतिशत, कुमारी बैंक लिमिटेड डिभेञ्चर–८६ को शेयर मूल्य ९ दशमलव ०९ प्रतिशतले घटेको छ। 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपी पावर लिमिटेडको आज सबैभन्दा धेरै ८४ करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको २२ लाख ७८ हजार ७८७ कित्ता शेयर किनबेच भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.