|

विराटनगर : विराटनगरमा राधाकृष्णको रथयात्रा निकालिएको छ। आज रथयात्रा अवलोकन गर्न भारतको विभिन्न स्थानबाट समेत आएका थिए।

२०२५ सालदेखि निरन्तर विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई महानगर परिक्रमा गराइन्छ। ५६ औं संस्करणको यस रथको दायाँबायाँ बाँधिएको करिब २३ मिटर लामो डोरीलाई श्रद्धालु भक्तजनले तानेर नगर परिक्रमा गराउँछन्।

रथयात्रामा श्रद्धालुको सहभागिता सहज बनाउन करिब १ हजार २ सयको संख्यामा सुरक्षाकर्मी परिचालन भए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.