|

रुकुमपूर्व : लुम्बिनी प्रदेशसभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान भएका छन्। रुकुमपूर्व प्रदेशसभा क्षेत्र-२ बाट निर्वाचित केसी (आइतवार) जेल चलान भएका हुन्। उनी नेपाली कांग्रेसका हुन्। 

विसं २०४८ साल असार ९ गते साविक रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा उनलाई दोषी ठहर्‍याउँदै एक वर्ष कैद र २ हजार रुपैयाँ जरिमानाको फैसला सुनाएको थियो। अदालतले उनलाई दोषी ठहर गरेपछि उनी फरार भएका थिए।

आइतवार सांसद केसी आफैँ रुकुमपूर्व जिल्ला अदालतमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए। 

उनी अदालतमा उपस्थित भएपछि अदालतले कैद भुक्तानीका लागि रुकुम पश्चिमको कारागार चलान गरेको डीएसपी खरेलले बताए।

प्रदेश सांसद केसीले पत्नीसँगको अंश मुद्दामा कीर्ते गरेको अभियोगमा रुकुमपूर्व जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.