|

काठमाडौं :   प्रा कृष्ण गौतमको उपन्यास अद्वैतलाई २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने भएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्दै आएको छ।

पद्मश्री साधाना सम्मान सिक्किमका पूर्व मुख्यमन्त्री पवनकुमार चामलिंगलाई प्रदान गरिने भएको छ। यस्तै पद्मश्री गौरव पुरस्कार प्राडा केदारभक्त माथेमालाई प्रदान गरिने भएको छ।

यस वर्ष अद्वैत, चामलिंग र माथेमालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्तीमार्फत् जनाकारी दिएका छन्। 

प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो। त्यसमध्ये अद्वैतलाई पुरस्कृत गर्ने निर्णय भएको लामिछानेले जानकारी दिएका हुन्।

त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेका साहित्यिक अभियन्ता तथा चिन्तक चामलिंगलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय भएको लामिछानेले जानकारी दिएका छन्। 

चामलिंग २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री थिए। त्यस्तै समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, पूर्वराजदुत तथा नागरिक समाजका अभियन्ता प्राडा केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन्। 

पुरस्कारको राशी जनही ३ लाख तथा सम्मान पत्र रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.