|

सुपर टाइफुन यागीको प्रभाव जारी रहँदा चीनमा आपतकालीन प्रतिक्रिया प्रयासहरू परिचालन गरिएको छ। चीनको राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले युनान प्रान्तमा बाढीको लागि स्तर जोखिमको तह पार गरेको बताइएको छ।

विपद् व्यवस्थापन मन्त्रालयले जलस्रोत मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय गरी क्षतिग्रस्त पूर्वाधार मर्मत गर्न र प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन संयुक्त निर्देशन दिएको छ। आँधीका कारण कुनै मानवीय क्षति भने भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.