|

काठमाडौं :  लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

कैलाली, जानकी गाउँपालिका-७ उच्च गोलौरीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २४ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ उच्च गोलौरी बस्ने १९ वर्षीय रबिन चौधरी र १९ वर्षीय राजेन्द्र महतो रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, झापा गाउँपालिका-४ ग्रामथानबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५९ मिलिग्राम सहित शिवसताक्षी गाउँपालिका-३ बस्ने २१ वर्षीय पाण्डे भन्ने थरेन्द्र गुरूङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुरूङलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.