‘त्यहाँ धेरै माग भएको गार्मेन्टलाई एनटीपीपी समावेश गर्न पहल गर्नुपर्यो’
‘त्यहाँ धेरै माग भएको गार्मेन्टलाई एनटीपीपी समावेश गर्न पहल गर्नुपर्यो’
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्यधिक माग भएका नेपाली तयारी पोशाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम थप गर्न सरकारले पहल गर्न माग गर्नुका साथै यसको अमेरिका निर्यात ७७ प्रतिशतबाट १४ प्रतिशतमा झरेको बताएका छन्।
सोमवार काठमाडौँमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपाल–अमेरिकामा व्यापारका सम्भावना र चुनौती कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा रहेको भन्दै नेपाली तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको बताए। उनले नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढी रहेको पनि दावी गरे।
उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी)मा समावेश ७७ वस्तुमा तयारी पोशाकलगायत अमेरिकामा अत्यधिक माग भएका वस्तु थप्न आवश्यक रहेको बताए।
उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शून्य भन्सार महशुल सुविधा प्रदान गर्दै आएको बताए।
उनले उक्त सूचीमा रहेका वस्तुहरु पर्याप्त परिमाणमा अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भावना भएका तयारी पोशाकलगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्न सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्न जरुरी रहेको बताए।
उनले नेपाल र अमेरिकाबीच व्यापारमा चुनौतीहरु रहेको बताउँदै एनटीपीपीबाट नेपालले उच्च प्रतिफल लिन नसकेको दावी गरे। उनले एनटीपीपीको म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गरे।
उनले अल्पविकसितबाट सन् २०२६ मा विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राखे।
‘नेपाल अमेरिकाको दोस्रो कि ट्रेड पाटर्नरको रुपमा रहेको छ। अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शून्य भन्सार महशुल सुविधा प्रदान गरेको छ‚’ उनले भने, ‘उक्त सूचीमा रहेका वस्तुहरु सोचे जस्तो परिमाणमा अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भावना भएका तयारी पोशाक लगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्नु जरुरी छ।’
उनले निजी क्षेत्रका मुद्दाहरुमा सहजीकरण गरिदिए व्यावसायिक गतिविधि वृद्धि हुने बताए। उनले सरकारले विदेशमा नेपाली उत्पादन निर्यात गर्दा निर्यातकर्ताहरुले फाइदा लिन्छन् भन्ने परम्परागत सरकारी सोच परिवर्तन गर्न आवश्यक रहेको बताए।
उनले पछिल्लो समय गतिशील रुपमा निजी क्षेत्रले काम गर्ने वातावरण मुलुकभित्र नभएको भन्दै सरकारले लगानीको वातारण बनाउन जरुरी रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।