काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोलीको घोषणा गरेको छ।
क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि आज क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो।
टोलीमा विकेटकिपर अर्जुन साउद र रिजन ढकालले पुनरागमन गरेका छन् भने देव खनाल ट्राभल रिजर्भ खेलाडीमा परेका छन्।
नेपालसँगै क्यानडा र ओमान रहेको त्रिकोणात्मक शृंखलमा नेपालले पहिलो खेल घरेलु टोली क्यानडासँग खेल्नेछ।
क्यानले सोमवार सार्वजनिक गरेको तालिकाअनुसार खेल यही भदौ ३१ गते (सेप्टेम्बर १६) मा हुनेछ।
नेपालले आगामी असोज २ गते (सेप्टेम्बर १८ मा) ओमानसँग, असोज ६ गते (सेप्टेम्बर २२ मा) क्यानडासँग र असोज ८ गते (सेप्टेम्बर २४ मा) ओमानसँग खेल्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।