जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एकजुट हुन सके इन्जिनियरहरूले सरकार चलाउन सक्ने बताएका छन्।
उनले मन्त्रालयका बजेट बनाउने, बजेट इन्ट्री गर्ने र लगत इस्टिमेट गर्ने काम इन्जिनियरले गर्ने हुँदा यो सम्भव भएको बताए।
नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औँ केन्द्रीय कार्यकारिणी समिति र मधेश प्रदेशको तेस्रो कार्यकारिणी समितिको निर्वाचनका सोमबार साँझ जनकपुरधाममा आयोजित अन्तरसंवादमा राउतले यस्तो बताएका हुन्।
उनले कमजोर रहेको नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए)लाई इन्जिनियरका हकहित र अधिकार स्थापित गराउने शक्तिशाली संस्था बनाउनुपर्नेमा बताए।
यसका लागि नेपाल एनईएमा मधेशीको प्रतिनिधित्वका लागि जोड दिनुपर्ने बताए।
जनमत इन्जिनियरको पार्टी र इन्जिनियरलाई अघि बढाउने पार्टी भएको भन्दै देश मतदानमा सहभागी हुन आह्वान गरे।
उनले भने‚ ‘जनमत पार्टी इन्जिनियरको पार्टी हो। यसले इन्जिनियरका समस्या समाधान र तिनको लागू गर्नेछ ।’
अध्यक्ष राउतले कानुन, न्याय आदि सेवाका सचिवकै हाराहारीमा इन्जिनियरिङ सेवाबाट समेत सचिव बन्नुपर्ने, इन्जिनियरहरूका लागि प्रशिक्षण केन्द्र स्थापना र हरेक वडा तहमा इन्जिनियरको नियुक्ति आदि विषयका लागि जनमत पार्टी लड्ने बताए।
उनले हरेक वडामा एउटा इन्जिनियरको नियुक्ति आवश्यक भएको चर्चा गरे।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले देशका दक्ष जनशक्ति पलायन भइरहेका वेला राउत देश बनाउने सङ्कल्प, साहस र दृढताका साथ स्वदेश फर्किएको दृष्टान्त उदाहरणीय भएको बताए।
एनईएको चुनावमा जनमतको भ्रमतृ संगठन इजु, पिन र रिनसँग गठबन्धन गरेको छ। आगामी २८ गते हुने उक्त निर्वाचनमा इजु, पिन र रिन गठबन्धन इन्जिनियर रामेश्वरप्रसाद कलवारको नेतृत्वमा केन्द्रीय कार्यकारिणी समितिको चुनावमा होमिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।