‘रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लियो’
‘रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लियो’
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नोबारेमा गलत मनशायका साथ टीकाटिप्पणी भइरहेको बताएका छन्।
धनगढीमा आज बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उनले र आफूलाई डाम्न खोज्न मनशाय केही व्यक्तिको रहेको उल्लेख गर्दै रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दावीसमेत गरे।
“जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाए हुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ”, उनले भने, “यस विषयमा समितिले विधि र पद्धतिमा रहेर निष्कर्ष निकाल्ने नै छ।”
पूर्वउप्रधान तथा गृहमन्त्री लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताए। समितिले सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास पनि व्यक्त गरेका छन्।
पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले पार्टीमा देखिएको उचारचढावबाट विचलित नभएर सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।