विराटनगर : प्रहरीले आज २४८ किलो गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले सोमबार राति गाँजा बरामद गरेको हो।
सप्तकोशी नदीमा चेकजाँच गर्ने क्रममा ३(तीन) वटा ट्यूबमाथि ८(आठ) वटा बोरा आएको देखिएपछि नदी किनारामा निकालेर हेर्दा अवैध लागू औषध गाँजा रहेको प्रहरीले जनाएको छ।
बरामद गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर ल्याई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। नदीको बाटो हुँदै सप्लाई हुने गाँजा बरामद गर्नु चुनौती छ।
तर नदीको बाटो नियन्त्रण गर्न चार जिल्लाको सुरक्षा बैठक भेडेटारमा राखेर आवश्यकताअनुसार अधिकतम बल प्रयोग गरेर भए पनि नियन्त्रणमा लिने नीति बनाएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।