|

जनकपुरधाम : घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिने जनकपुरधाम उपमहानगरका एक वडाध्यक्ष, सचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–८ घर भएका एकजना सेवाग्राहीसँग उनको वडा नम्बर २४ स्थित जग्गाको घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.