काठमाडौँ : यू-१९ आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक भएको छ।
सार्वजनिक भएको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
एशिया छनोटमा नेपालसहित यूएई, थाईल्याण्ड र कुवेतले सहभागिता जनाउनेछन्।
डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेता टोलीले सन् २०२५ मा मलेशियामा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा खेल्ने अवसर पाउनेछ।
नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाईल्याण्डसँग खेलेपछि त्यसको भोलिपल्टै नोभेम्बर ७ मा कुबेतसँग खेल्नेछ।
नोभेम्बर ९ तारिखमा घरेलु टोली यूएईसँग खेलेपछि दोस्रो चरणमा नेपालले नोभेम्बर १० मा थाईल्याण्ड, नोभेम्बर १२ मा कुवेतसँग र नोभेम्बर १३ मा यूएईसँग खेल्ने तालिका छ।
यसअघि सन् २०२२ मा पहिलोपटक भएको छनोटमा नेपाल यूएईसँग पराजित हुँदै बाहिरिएको थियो। आगामी नोभेम्बरमा हुने एशिया छनोट यूएईमा खेलाइनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।