|
फाइल तस्वीर

विराटनगर : कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले फेरि अनशन शुरु गरेका छन्।

आज अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनष्खण्डी मन्दिरअगाडि अनशन शुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिइ घर पुर्‍याइएको थियो। 

“निषेधित क्षेत्रमा अनशन बसेपछि उहाँलाई नियन्त्रणमा लिई उहाँकै घर लगेर छाडेका थियौँ, अहिले निषेधित क्षेत्रभन्दा बाहिर बसेर उहाँले पुनः अनशन शुरु गर्नुभएको छ”, उपरीक्षक कार्कीले भने।

१० वर्षमुनिका बालबालिकाको विशिष्टिकृत उपचार सेवा निःशुल्क हुनुपर्नेलगायत माग राखेर पूर्वमुख्यमन्त्री कार्कीले आज अनशन शुरु गरेका हुन्। 

कार्कीले आज अपराह्न ४ बजे अनशन शुरु गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले विराटनगर–७ स्थित देवकोटा चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.