काठमाडौँ : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले आज जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट निवेदन दायर गरेका हुन्।
परीक्षामा आफूले बढी नम्बर पाएको भए पनि नियमविपरीत जोशीलाई नियुक्ति गरिएको दावी गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ।
रिट निवेदनमा भनिएको छ, “कानूनतः परीक्षा प्रणालीको नतिजामा निर्भर भई नियुक्ति गर्नुपर्नेमा तजबिजि अधिकार प्रयोग गरेर अधिकार क्षेत्र सीमितको आधारमा बदरभागी छ।”
बोर्ड सञ्चालक समितिको गत बिहीवारको बैठकले जोशीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो। जोशीले पदबहाली गरेर काम गर्न थालिसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।