काठमाडौं : विश्वविजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा पराजित भएको छ।
कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो। यसँगै कोलम्बियाले कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला पनि लिएको छ।
अर्जेन्टिनी टिममा लियोनल मेसी थिएनन्। उनी चोटका कारण मैदान बाहिर छन्। कोलम्बियाले येरसन मोस्क्वेराको गोलले अग्रता लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए।
खेलकोे ६०औंं मिनेटमा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे।
निकोलस ओटमन्डले ड्यानिएल मुनोजलाई लडाएपछि ‘भार’ ले कोलम्बियाको पक्षमा पेनाल्टीको निर्णय गरेको थियो।
हारका बाबजुद अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ। उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ। गएरातिका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हयो। भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले।
तपाईंको ईमेल गोप्य राखिनेछ ।