|

काठमाडौं : प्रभु बैंकका ग्राहकलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालिको सेवामाविशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

मंगलबार ब्लु क्रस हस्पिटल प्रालिका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्रबाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे।  

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवामा ५ देखि १२ प्रतिशतसम्म छुट पाउनेछन्।

छुट सुविधा प्राप्त गर्न ग्राहकले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.