|

काठमाडौं : लगातार खराब प्रदर्शन गरिरहेको ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्को निराशाजनक हार बेहोरेको छ। आज बिहान भएको खेलमा ब्राजिल पाराग्वेसँग १–० ले पराजित भयो। 

पाँच पटकको विश्व विजेता ब्राजिलको यो हारले विश्वकपमा छनोट नहुने डरले सताउन थालेको छ। ​ पाराग्वेका लागि डिएगो गोमेजले २० औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो।

ब्राजिल आठ खेलबाट १० अंकसहित लिग तालिकाको पाँचौं स्थानमा छ। छनोटमा ब्राजिलको यो चौथो हार हो।

पाराग्वे भने आठ खेलबाट नौ अंकमा सातौं स्थानमा छ। अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ। उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ। त्यसपछि उरुग्वे १५ र इक्वेडर ११ अंकमा शीर्ष चार स्थानमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.