|

हेटौँडा : बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गङ्गादत्त नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ। उनी यसअघि आयोगको सदस्य थिए।

बैठकले सिन्धुपाल्चोकका नेपाललाई उपाध्यक्ष, सदस्यमा काभ्रेपलाञ्चोकका गुणराज मोक्तान र काठमाडौँका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए। 

प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा नुवाकोटका दीपक लामा नियुक्त भएका छन्। सामाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतिमा उनी नियुक्त भएका हुन्।

बैठकले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ। यसैगरी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाइको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.