|

उत्तरपश्चिमी पाकिस्तानमा बन्दुकधारीले पोलियो कार्यकर्ता र एक प्रहरीको हत्या गरेको छ। देशमा लाखौं बालबालिकालाई खोप दिने पछिल्लो अभियानको क्रममा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ।

अफगानिस्तानको सिमानामा रहेको बाजौर जिल्लामा आक्रमण भएको हो। उनका अनुसार अर्का एक व्यक्ति घाइते भएका छन्।

‘आफ्नो कर्तव्य पूरा गरेपछि पोलियो टोली स्थानीय (स्वास्थ्य एकाइ) मा फर्किँदै गर्दा दुई अज्ञात मोटरसाइकल चालकले उनीहरूमाथि गोली चलाए’, एक वरिष्ठ प्रहरी अधिकारी वकास रफिकले भने। 

एक सातासम्म चल्ने खोप अभियानमा तीन करोड बालबालिकालाई खोप लगाइएको तेस्रो दिन आक्रमण भएको थियो। अहिले बाजौर जिल्लाको केही भागमा खोप अभियान रोकिएको छ। 

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का अनुसार पाकिस्तानमा पोलियो मामिलाको सङ्ख्या नाटकीय रूपमा सन् १९९० को शुरुआतमा वार्षिक २० हजारबाट घटेर सन् २०१८ मा आठमा आएको छ।

यद्यपि पाकिस्तानको पोलियो उन्मूलन कार्यक्रमका अनुसार गत वर्षको छ वटाको तुलनामा जनवरीदेखि १७ जनाले रिपोर्ट गरेसँगै फेरि घटनामा वृद्धि भएको छ।

प्रहरी अधिकारीहरू नियमित रूपमा अशान्त क्षेत्रहरूमा घरघर जाने पोलियो कार्यकर्ताको सुरक्षाका लागि तैनाथ हुन्छन् तर सुरक्षा बलहरू विरुद्ध लड्ने आतंककारीबाट उनीहरू प्राय: आक्रमणको शिकार हुन्छन्।

विश्वमा पाकिस्तान र अफगानिस्तानमा मात्र पोलियोको प्रभावकारी खोपको बाबजुद महामारी कायमै छ। विद्रोहीले एक दशकभन्दा बढी अवधिमा सयौँ अधिकारी र पोलियो कार्यकर्ताको हत्या गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.