|

कास्की : सम्बन्धविच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका(१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। उनीहरु हाल पोखरा महानगरपालिका ८ मा बस्दथे।

राधिकाको घाँटी र पेटमा चोट लागेको छ। उनीहरुबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो।

जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ। उनीहरुका एक नाबालक छोरा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.