काठमाडौं : अस्ट्रेलियाले, इङ्ल्यान्डविरुद्धको पहिलो टी–ट्वान्टी आईमा २८ रनको जित निकालका छ। अस्ट्रेलियाको जितमा ट्राभिस हेडले ५९ रनको विस्फोटक इनिङस खेले।
साउथह्याम्पटनमा इङ्ल्यान्डले टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो। १९ ओभर ३ बलमा अलआउट हुँदै अस्ट्रेलियाले १ सय ७९ रनको योगफल बनायो। म्याथ्यु सर्ट र हेडले ८६ रनको ओपनिङ साझेदारी गरेका थिए। हेडले २३ बलमा ५९ रनको योगदान गरे। उनको इनिङमा ८ चौका र ४ छक्का प्रहार गरे। हेडले सातौं ओभरमा ३० रन बनाए।
लियाम लिभिङस्टनले हेडको विकेट लिएका थिए। कप्तान मिचेल मार्स भने २ रनमै मैदान बाहिरिए। म्याथ्युले २६ बलमा ४१ रन जोडे। मार्कस स्टोइनिसले १० रन जोड्दा टिम डेभिडले खाता खोल्न सकेनन्। जस इङ्ग्लिसले ३७ रनको योगदान गरे। इंग्ल्याण्डका लागि लिभिङ्स्टनले ३, जोफ्रा आर्चर र सकिब महमुदले २–२ विकेट लिए।
जवाफमा इङ्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५१ रन मात्र बनाउन सक्यो। इङ्ल्यान्डका कुनै पनि खेलाडीबीच गतिलो साझेदारी हुन सकेन। विल ज्याक ६, जोर्डन कक्स १७, कप्तान फिल सल्ट २० ,ज्याकब बेटहिल २ र करन १८ रनमा पवेलियन फर्किए। लिभिङ्स्टोनले सर्वाधिक ३७ रन जोडेका थिए।
सन एब्बटले ३, जस हेजलउड र एडम जाम्पाले २–२ विकेट लिए। जितसँगै अस्ट्रेलियाले ३ खेलको सिरिजमा १ शून्यको अग्रता लिएको छ। दोस्रो खेल भोलि हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।