|

काठमाडौं : आफ्ना ग्राहकवर्गलाई सधैँ नवीनतम डिजिटल र्बैकिङ सेवा प्रदान गर्ने नेपाल बैंकको ध्येयअनुरूप नेपाल बैंकले न्युरोड, धर्मपथ, काठमाडौंमा रहेको आफ्नो मुख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो  नगद निक्षेप मेसिन  एक कार्यक्रममाझ उद्घाटन गरी सञ्चालनमा ल्याएको छ।

सो नगद निक्षेप मेसिनको समुद्घाटन गर्दै यस बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जनाएको छ। नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहक वर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ। 

हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ। अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैँ कटिबद्ध रहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.