काठमाडौं : प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई मध्यबानेश्वरस्थित भेनस हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
एक समारोहबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीÈा ढकाल र प्रभु बैंक लि.का तर्फबाट बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाटसमेत भुक्तानी गर्न सक्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।