काठमाडौँ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार क्षेत्रबाट १ किलो २६० ग्राम सुनसहित एक जना भारतीय महिला पक्राउ परेकी छिन्।
विमानस्थलको आगन्तुक क्षेत्रमा जाँच गर्ने क्रममा ब्यागेजमा सुन फेला परेपछि थाइ एयरमार्फत बैंककबाट काठमाडौँ आएकी ३७ वर्षकी भारतीय नागरिक सुमित्रा देवीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ।
अर्धतरल सुन ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अवस्थामा भेटिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।