|

काठमाडौँ : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटोको रुपमा रहेको होटल व्यवसायलाई उद्योगसरह मान्तया दिलाउन पहल गर्ने बताएका छन्।

काठमाडौँमा आज आयोजना गरेको होटेलियर समिटमा उनले सरकारले होटलको लगानीलाई उद्योगसरहको सुविधा दिने विश्वास दिलाए।

उपप्रधानमन्त्री पौडेलले विगतमा आफू अर्थमन्त्री भएको बेला बजेट वक्तव्यमा होटललाई उद्योगको मान्यता दिने विषय उल्लेख गरेको भए पनि आफू सरकारबाट बाहिरिएपछि त्यसको कार्यान्वयन नभएको बताए। 

“म आफैँले बनाएको बजेटमा होटललाई उद्योगको मान्यता दिने भनेर समावेश गरेको थिएँ, अहिले उपयुक्त समय आएको छ”, उनले भने, “वर्तमान सरकारले होटललाई उद्योगसरहको मान्यता र उद्योगसरहको सुविधा दिन्छ। बरु के–कस्ता सुविधा दिन सकिन्छ, सरोकारवाला व्यवसायीसँग छलफल गरेर प्राप्त सुझावको आधारमा अघि बढ्छौँ।”

उपप्रधानमन्त्री पौडेलले गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा निजगढमा सुविधा सम्पन्न अन्तरराष्ट्रिय विमानस्थल निर्माण अहिले अपरिहार्य भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.